कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन हुँदै « Khabarhub

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन हुँदै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएका छन् ।

निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन् । निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरु गरेका हुन् ।

कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ । टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिए । ‘तीन पार्टीबाट ११ जनाको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यकमा कुनै पार्टीबाट उम्मेदवारी परेको छैन’, ओडले भने, ‘स्थानीय तहको निर्वाचनमा विजेता बनेका पाँच जना र बाहिरबाट तीन जना हुने गरी हुने आठ जना कार्यपालिका सदस्य चुनिनेछन् ।’

कार्यपालिका सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट पाँच जनाको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति डगौरा थारु र सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु विकलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले दुई महिला सदस्यमा टङ्क वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ । त्यस्तै दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले दुई दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा एक महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ ।

जानकी गाउँपालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ । जानकीमा छ जना कार्यपालिका सदस्य चयनका लागि १५ गते निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत विश्वदीप बेसारा बताउँछन् । ‘मतदाता नामावली प्रकाशन गरेका छौँ’, बेसारा भन्छन्, ‘अब दाबी विरोध, मनोनयन दर्तालगायका कार्य हुनेछन् । अनि १८ गते निर्वाचनको तयारी छ ।’

कैलालीको जोशीपुर गाउँपालिकामा पनि १८ गते निर्वाचन हुने निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए । भजनीमा कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ । भजनीमा आठ सदस्य चयनका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ३९ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका