साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने  « Khabarhub

साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने 



दोहा – साउदी अरेबियाले रोजगारदाता कम्पनीहरुका लागि कडा नियम ल्याएको छ। साउदीले सबै रोजगारदाताहरूका कर्मचारीहरूलाई अरूको लागि वा कामदारहरूको आफ्नै व्यक्तिगत फाइदाको लागि काम गर्न अनुमति दिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

साउदी पब्लिक सेक्युरिटीका अनुसार नियम उलङ्घन गरेको पाइएमा अधिकतम १ लाख साउदी रियाल जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनेछ । साउदीको श्रम कानुन नम्बर २१९ को धारा ३९ अन्तर्गत, एक रोजगारदाताले आफ्नो कामदारलाई अरूको लागि काम गर्न दिनु हुँदैन र कामदारले अन्य रोजगारदाताहरूको लागि काम गर्न नपाउने नियम रहेको छ ।

त्यसैगरी रोजगारदाताले अन्य रोजगारदाताका कामदारहरूलाई काममा लगाउनु हुँदैन र कम्पनीहरुले पनि आफ्नो कर्मचारीले आफ्नो फाइदाको लागि काम गरिरहेको छैन भनी सुनिश्चित गर्नुपर्छ।

पब्लिक सेक्युरिटीले मक्का र रियाद क्षेत्रहरूमा ९११ र राज्यका अन्य क्षेत्रहरूमा ९९९ मा निवास, श्रम र सीमा सुरक्षा नियमहरूको कुनै पनि उल्लङ्घनका बारेमा रिपोर्ट गर्न जनतालाई आह्वान गरेको छ ।

पछिल्लो समय साउदीमा कतिपय रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारलाई अन्यत्र काममा लगाउने प्रवृति बढेकाले साउदीले नयाँ नियम ल्याएको बुझिएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा