गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न डा. राणाको आग्रह « Khabarhub

गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न डा. राणाको आग्रह


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेकी छन्।

गेटा मेडिकल कलेजका विषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन भएकोप्रति आश्चर्य प्रकट गर्दै उनले यस्तो बताएकी हुन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै डा. देउवाले तीन सय शैय्याको अस्पताल खोल्ने तयारी भइरहेकोसमेत प्रष्ट पारेकी छन्।

‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भएको सुन्दा म आश्चर्यमा परेकी छु। चैत ४ गते नै तीन सय शैय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको छ’, डा. देउवाले भनेकी छन्, ‘सरकारको नियम अनुसार काम अगाडि बढ्छ । बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु।’

नेपाल सरकारको नियम अनुसार अस्पताल चलाएपछि मात्र क्याम्पस बनाउन सकिने कुरा प्रष्ट रहेको भन्दै उनले कानुन अनुसार गेटामा अस्पताल चाँडै सञ्चालन हुने प्रष्ट पारेकी छन्। ‘चुनावका कारण अलिकति ढिला भएको हो र केही हप्तामै काम अगाडि बढ्छ’, उनले थप भनेकी छन्।

डा राणाले कलेजका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरिनेसमेत उल्लेख गरेकी छन्। एकै पटक मेडिकल कलेज सञ्चालन गर्न कानुनतः नमिल्ने भन्दै उनले यो विषयमा भ्रम सिर्जना नगर्न सबैलाई अनुरोध गरेकी छन्।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : २१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु