गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज सञ्चालन « Khabarhub

गाईघाट–दिक्तेल सडकको अस्थायी बेलीब्रिज सञ्चालन


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर – सुनकोसी नदीको अस्थाई बेलिब्रिज हटाएसँगै उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबीचको सिधा यातायात सेवा बन्द भएको छ । बर्खा लागेसँगै सुनकोसीमा पानीको सतह बढ्ने भएकाले फोक्सिङटारको अस्थायी बेलिब्रिज हालै निकालिएको हो ।

दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटारस्थित सुनकोसीमा पानीको बहाव बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा बेलिब्रिज जडान गरिएको थियो । गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बिहीबारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए ।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत सात वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । वर्षायाम सुरु भएसँगै फोक्सिङटारको बेलिब्रिज निकाल्ने गरिन्छ । बेलिब्रिजको सामान खोलेर निकाल्न तीन चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात सात महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पूर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : २६ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा