युक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई विदेश भ्रमणामा जान रोक | Khabarhub Khabarhub

युक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई विदेश भ्रमणामा जान रोक


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । उनले रुसी आक्रमणयता युक्रेनमा अपनाइएको ‘राजनीतिक युद्धविराम’ सरकारले तोडेको आरोप समेत लगाएका छन् ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको युरोपियन सोलिडारिटी पार्टी युक्रेनको संसद्‍मा दोस्रो ठूलो दल हो ।  

रूसले आक्रमण गरेपछि युक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि ‘राजनैतिक युद्धविराम’ को सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको जनाइएको छ ।

यसले सबै युक्रेनी दलहरूले युद्धविरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढ्न सहयोग पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्ध ऐक्यवद्धता जनाउन भएको आन्तरिक युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘युक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको’ बताएको छ ।

“यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको राजनीतिक युद्धविराम भङ्ग गर्ने खतरा भएको छ ।’ उनको कार्यालयले जनाएको छ ‘‘रूसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्ध युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ ।’’

पोरोशेन्कोले युक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नेटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने कार्यक्रम रहेको थियो र सरकारबाट यसअघि यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए ।

यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको बताइएको छ । 

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र युरोपेली संसदका एक समूहसँग लिथुआनियन राजधानी भिल्नसमा भेटवार्ता गर्न लागेका थिए ।

त्यसपछि उनले युरोपेली राजनीतिक दलका नेतृत्वलाई एक ठाउँमा भेला गर्ने शिखर सम्मेलनका लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ५५ बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा