युक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई विदेश भ्रमणामा जान रोक « Khabarhub

युक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई विदेश भ्रमणामा जान रोक


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । उनले रुसी आक्रमणयता युक्रेनमा अपनाइएको ‘राजनीतिक युद्धविराम’ सरकारले तोडेको आरोप समेत लगाएका छन् ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको युरोपियन सोलिडारिटी पार्टी युक्रेनको संसद्‍मा दोस्रो ठूलो दल हो ।  

रूसले आक्रमण गरेपछि युक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि ‘राजनैतिक युद्धविराम’ को सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको जनाइएको छ ।

यसले सबै युक्रेनी दलहरूले युद्धविरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढ्न सहयोग पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्ध ऐक्यवद्धता जनाउन भएको आन्तरिक युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘युक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको’ बताएको छ ।

“यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको राजनीतिक युद्धविराम भङ्ग गर्ने खतरा भएको छ ।’ उनको कार्यालयले जनाएको छ ‘‘रूसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्ध युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ ।’’

पोरोशेन्कोले युक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नेटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने कार्यक्रम रहेको थियो र सरकारबाट यसअघि यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए ।

यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको बताइएको छ । 

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र युरोपेली संसदका एक समूहसँग लिथुआनियन राजधानी भिल्नसमा भेटवार्ता गर्न लागेका थिए ।

त्यसपछि उनले युरोपेली राजनीतिक दलका नेतृत्वलाई एक ठाउँमा भेला गर्ने शिखर सम्मेलनका लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ५५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने