नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा « Khabarhub

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् ।

आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् ।

‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै नीति छैन,’ उनले स्पष्ट पारे ।

उनले सरकारको एकाधिकारभएको पेट्रोलियम पदार्थको कारोबार गर्ने संस्थानहरूको खारेजी गर्ने या निजीकरण गर्नेबारे कुनै योजना नभएको पनि बताए । साथै उनले सार्वजनिक संस्थान सुधार गर्न सकिने पनि बताए ।

कोरोना भाइरसका कारण डुब्दै गएको अर्थतन्त्र रुस र युक्रेनका युद्धका कारण समस्या परेको पनि उनले दाबी गरे ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : १९ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न