नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा « Khabarhub

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् ।

आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् ।

‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै नीति छैन,’ उनले स्पष्ट पारे ।

उनले सरकारको एकाधिकारभएको पेट्रोलियम पदार्थको कारोबार गर्ने संस्थानहरूको खारेजी गर्ने या निजीकरण गर्नेबारे कुनै योजना नभएको पनि बताए । साथै उनले सार्वजनिक संस्थान सुधार गर्न सकिने पनि बताए ।

कोरोना भाइरसका कारण डुब्दै गएको अर्थतन्त्र रुस र युक्रेनका युद्धका कारण समस्या परेको पनि उनले दाबी गरे ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : १९ बजे

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ