गीताञ्जली श्री बनिन् बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका « Khabarhub

गीताञ्जली श्री बनिन् बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनले ‘टुम्ब अफ स्यान्ड’ नामक उपन्यासका लागि बुकर पुरस्कार पाएकी हुन् ।

यो उपन्यास भारतको विभाजनको पृष्ठभूमिमा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय बृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ । 

५० हजार पाउन्ड धनराशी पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ ।  म चकित, हर्षित, सम्मानित र नम्र महशुस गरेकी छु’ पुरस्किृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ०९ बजे

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको