नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण « Khabarhub

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ ।

नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ ।

मौलिक हक कार्यान्वयका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐनअन्तर्गतका नियमावलीहरु जारी भएको छ । मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ जारी गरी यस आवदेखि पुरस्कार वितरणको सुरुआत गरिएको उल्लेख छ ।

प्रगति विवरणमा एकीकृत कानुनी सहायता नीति, २०७६ जारी भएको र पाँचवटा विधेयकको अवधारणापत्रका सैद्धान्तिक सहमति तथा १० वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति प्रदान गरिएको, नियमावली, गठन आदेश, निर्देशिका गरी ३९ वटा कानुन मस्यौदा तर्जुमा तथा सहमति प्रदान गरिएको उल्लेख छ ।

न्याय सम्पादनमा अदालतमा हुने लामो अदालती प्रक्रियालाई छिटो र सरल बनाउन एक अध्ययन कार्यदल गठन गरी सो कार्यदलबाट प्रतिवेदनसमेत प्राप्त भइसकेको उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ३५ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै