ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने | Khabarhub Khabarhub

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको समूह ब्रिक्सको विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ ।

नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न ब्रिक्सको विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले जनाएको हो । 

‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने । 

उनले भने– ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौं ।’ 

ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकका क्रममा ‘ब्रिक्स प्लस’ परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई पनि समर्थन गरिएको वाङले बताए ।

रिपोर्टअनुसार मे २३ मा युएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो ।

चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्ने र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ४९ बजे

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको

कामपाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु