तीन दिनको मौसम पूर्वानुमान: बिहीबारसम्म वर्षाको सम्भावना « Khabarhub

तीन दिनको मौसम पूर्वानुमान: बिहीबारसम्म वर्षाको सम्भावना


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क