वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति « Khabarhub

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।

वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन् ।

यस आवमा आप्रवासी स्रोत केन्द्रमा ११४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताइन् ।

परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने जानकारी दिने, ठगीमा परेका कामदारलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारलाई आवश्यक सहयोग गर्दै आएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यमा परी विक्षिप्त भएकालाई निःशुल्क सीप, तालिम, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको उपयुक्त उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको (सामी) परियोजना संयोजक रानाले जानकारी दिए।

जिल्लाको व्यास, भानु, शुक्लागण्डकी र म्याग्देलाई कार्यक्षेत्र बनाउँदै आएको सामीले पछिल्लो समय भीमाद, बन्दीपुर र देवघाटलाई पनि समेटेको छ । गत आवमा १२ र यस आवमा सातजना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ०२ बजे

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर