ग्रान्डस्लाम विम्बल्डन : जोकोभिचको विजयी सुरुआत « Khabarhub

ग्रान्डस्लाम विम्बल्डन : जोकोभिचको विजयी सुरुआत


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।

६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियकाली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे ।

पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।

उनले तेस्रो चरण प्रवेशका लागि थानसी कोक्किनाकिस र कमिल मज्चर्जकबीचको विजेतासँग खेल्ने छन् ।

२० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले २०११, १४, १५, १८, १९ र २१ मा गरी ६ पटक विम्बल्डन जितिसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : १८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ