हिमाली जिल्लाको हवाई सेवा हप्ता दिनदेखि ठप्प « Khabarhub

हिमाली जिल्लाको हवाई सेवा हप्ता दिनदेखि ठप्प


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए ।

सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ का मनबहादुर रोकायले बताए । आज बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ ।

सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ । अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । नियमित उडान नहुँदा यहाँका अधिकांश सर्वसाधारण हेलिकोप्टर प्रयोग पनि हुँदै आएको छ । औषधोपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ ।

उता डोल्पामा सडक सञ्जाल पुगे पनि स्थल मार्ग र हवाई मार्गमा बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाई मार्गतिर जोड दिने गरेका छन् । जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाज मात्र उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : १९ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको