ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो « Khabarhub

ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो ।

कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ उनका अनुसार अर्को हप्ता मात्रै खोप आएपछि फेरि खोप कार्यक्रम सुचारु हुन्छ ।

ललितपुर महानगरले सूचना प्रकाशित गरेर आज मंगलबारदेखि खोप कार्यक्रम रोकेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले नेपाल सरकारबाट पर्याप्त खोप उपलव्ध नभएपछि खोप कार्यक्रम बीचैमा रोक्नुपरेको बताए । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले भने खोप कार्यक्रक सुरु हुनुअघि पर्याप्त मात्रामा खोप आएको बताएका थिए ।

सरकारले देशभरका ३५ जिल्लामा सात वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको थियो । विद्यालय र नजिकका विद्यालय नजाने बालबालिकालाई लक्षित गरेर इँटाभट्टा र होटलहरु रहेको ठाँउमा पालिकाहरुको समन्वयमा खोप केन्द्र राखिएको थियो । गत १० असारबाट सुरु भएको खोप कार्यक्रम सोमबार नै खोप सकिएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज