ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो « Khabarhub

ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो ।

कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ उनका अनुसार अर्को हप्ता मात्रै खोप आएपछि फेरि खोप कार्यक्रम सुचारु हुन्छ ।

ललितपुर महानगरले सूचना प्रकाशित गरेर आज मंगलबारदेखि खोप कार्यक्रम रोकेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले नेपाल सरकारबाट पर्याप्त खोप उपलव्ध नभएपछि खोप कार्यक्रम बीचैमा रोक्नुपरेको बताए । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले भने खोप कार्यक्रक सुरु हुनुअघि पर्याप्त मात्रामा खोप आएको बताएका थिए ।

सरकारले देशभरका ३५ जिल्लामा सात वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको थियो । विद्यालय र नजिकका विद्यालय नजाने बालबालिकालाई लक्षित गरेर इँटाभट्टा र होटलहरु रहेको ठाँउमा पालिकाहरुको समन्वयमा खोप केन्द्र राखिएको थियो । गत १० असारबाट सुरु भएको खोप कार्यक्रम सोमबार नै खोप सकिएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल