महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै  « Khabarhub

महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।

गत असार १० गते बसेको दोस्रो गाउँसभाले  गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।

एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यवहारिक भएको बताए । आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर, बैर्तणी, तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ ।

राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : २० बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको