एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप सङ्कलन « Khabarhub

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप सङ्कलन


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकहरूको निक्षेप सङ्कलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप सङ्कलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब पाँच अर्बमा झरेको छ । बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ०५ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक