पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने « Khabarhub

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।

यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुटाइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ । बाल विकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुटाइएको छ भने बाल विकास केन्द्रको सबलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकाहरू प्रसूति बिदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ०८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका