पोखराले चलायो कृषि एम्बुलेन्स « Khabarhub

पोखराले चलायो कृषि एम्बुलेन्स


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ ।

उक्त सेवा नि:शुल्क दिइने महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘पोखरामा ढुवानीको समस्या त होइन । तर, एकीकृत ढुवानी छैन । किसानले उत्पादन गरेका कृषि फसलहरु बोटमै कुहिएका छन् । बेच्न सकेका छैनन्,’ उनले भने, ‘नि:शुल्क कृषि एम्बुलेन्स चलाएपछि किसानले पैसा कमाउन सक्छन् । आवश्यकता अनुसार यसलाई बढाउँदै लैजान्छौँ ।’

किसानले आफ्नो टोलमा भएका उत्पादनको विवरण वडा कार्यालयमा जानकारी गराएपछि एम्बुलेन्स पुग्छ । यसका लागि महानगरले अन्नपात एग्रोलाई साढे ७ लाख रुपैयाँ दिएको छ । ‘ठूलो उत्पादन हुने ठाउँमा आफै पनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरूले बजार नपाउने अवस्था छ,’ कडरिया भन्छन्, ‘उहाँहरूले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुसार कृषि ढुवानी सेवा सञ्चालन हुन्छ ।’

नव निर्वाचित जनप्रतिनिधिहरूले महानगरको पहिलो कार्यपालिका बैठकमै किसानलाई उत्पादनको ढुवानी र बजारीकरणको व्यवस्था गर्न माग गरेका थिए । उक्त छलफल पछि एम्बुलेन्स सुरु गरिएको हो । पोखरा २१ नम्बर वडाबाट एम्बुलेन्स सुरु भएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ०२ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या