मदन भण्डारीको जन्मजयन्ती आज « Khabarhub

मदन भण्डारीको जन्मजयन्ती आज


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले जनाएको छ ।

फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज) : राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : १७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर