मदन भण्डारीको जन्मजयन्ती आज « Khabarhub

मदन भण्डारीको जन्मजयन्ती आज


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले जनाएको छ ।

फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज) : राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : १७ बजे

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१