कुमारी बैंक र साउदी अरेबियाको बैंक अलबिलादबीच सम्झौता « Khabarhub

कुमारी बैंक र साउदी अरेबियाको बैंक अलबिलादबीच सम्झौता


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ । 

उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाजएप, एन्जाज सेन्टर, अलबिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिनमार्फत सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल लगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत रकम प्राप्त गर्न सक्नेछन् । साथै, बैंक अलबिलादमार्फत ग्राहकहरूले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अलबिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे । सो सम्झौता पश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ प्रणालीमार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ । नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

दुई बैंकहरूबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेहरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुने छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४४ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त पनि विप्रेषण सञ्जाल पनि द्रुत गतिमा विस्तार गर्दै लग्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : २३ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको