प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक  « Khabarhub

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

काठमाडौँमा मंगलबार बिहान आयोजित सीमान्तकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।

एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य मन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ३२ बजे

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको