चीनका लागी नवनियुक्त राजदूत श्रेष्ठसँग नेपाल-चीन उद्योग वाणिज्य संघको भेट « Khabarhub

चीनका लागी नवनियुक्त राजदूत श्रेष्ठसँग नेपाल-चीन उद्योग वाणिज्य संघको भेट


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मित्र राष्ट्र चीनका लागी नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठ र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच विद्यमान आर्थिक तथा व्यापार सम्बन्ध तथा क्रियाकलापहरूको विषयमा छलफल भएको छ ।

छलफलमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले विश्वव्यापी रुपमा देखा परेको कोभिडका कारण थला परेको दुई देशबीच आर्थिक, व्यापार तथा पर्यटनको  क्षेत्रलाई पुनर्जिवित गर्न विभिन्न क्रियाकलापहरूको आयोजना गरिनु पर्ने धारणा राखे।

उनले दुई देशबीच हुने व्यापार, व्यवसाय सुचारु र वृद्धिका लागी तातोपानी तथा केरुङ नाकामा रहेका समस्या, हवाई विस्तार आदि समस्याहरुको समाधानको लागि अनुरोध गरे। हालसम्म नेपालीहरुलाई व्यापारिक भिसा खल्ला नगरिएको हुँदा त्यसका लागी समेत पहल गर्नुपर्ने उनले बताए ।

संघका अध्यक्ष तुलाधरले दुई देशबीच पासको व्यवस्था नहुदा नाकामा आवत जावत गर्न समस्या रहेको र सडक सन्जालद्धारा भौतिक संरचनाको चाँडै विस्तार गरिन आवश्यक रहेको बताए । उनले वेइजिङ र साङघाइ जस्ता सहरबाट सिधा हवाई सम्पर्क गर्नुपर्ने र चिनिया बैंक स्थापना गरी बैंकिङ कारोबार वृद्धि गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त राजदूत श्रेष्ठले व्यापार घाटा कम गर्ने गरी देशको निर्यात वृद्धि लगानी एवं पर्यटन प्रवर्द्धनका साथै नेपाली युवाहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागी केही पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई