चीनका लागी नवनियुक्त राजदूत श्रेष्ठसँग नेपाल-चीन उद्योग वाणिज्य संघको भेट « Khabarhub

चीनका लागी नवनियुक्त राजदूत श्रेष्ठसँग नेपाल-चीन उद्योग वाणिज्य संघको भेट


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मित्र राष्ट्र चीनका लागी नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठ र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच विद्यमान आर्थिक तथा व्यापार सम्बन्ध तथा क्रियाकलापहरूको विषयमा छलफल भएको छ ।

छलफलमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले विश्वव्यापी रुपमा देखा परेको कोभिडका कारण थला परेको दुई देशबीच आर्थिक, व्यापार तथा पर्यटनको  क्षेत्रलाई पुनर्जिवित गर्न विभिन्न क्रियाकलापहरूको आयोजना गरिनु पर्ने धारणा राखे।

उनले दुई देशबीच हुने व्यापार, व्यवसाय सुचारु र वृद्धिका लागी तातोपानी तथा केरुङ नाकामा रहेका समस्या, हवाई विस्तार आदि समस्याहरुको समाधानको लागि अनुरोध गरे। हालसम्म नेपालीहरुलाई व्यापारिक भिसा खल्ला नगरिएको हुँदा त्यसका लागी समेत पहल गर्नुपर्ने उनले बताए ।

संघका अध्यक्ष तुलाधरले दुई देशबीच पासको व्यवस्था नहुदा नाकामा आवत जावत गर्न समस्या रहेको र सडक सन्जालद्धारा भौतिक संरचनाको चाँडै विस्तार गरिन आवश्यक रहेको बताए । उनले वेइजिङ र साङघाइ जस्ता सहरबाट सिधा हवाई सम्पर्क गर्नुपर्ने र चिनिया बैंक स्थापना गरी बैंकिङ कारोबार वृद्धि गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त राजदूत श्रेष्ठले व्यापार घाटा कम गर्ने गरी देशको निर्यात वृद्धि लगानी एवं पर्यटन प्रवर्द्धनका साथै नेपाली युवाहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागी केही पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा