भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा  « Khabarhub

भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनले बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग डुबानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौँ घर डुबानमा परेका छन्,’ ढकालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे। उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्थापित भएको बताए । बाँकी ठाउँबाट विस्थापित भएको सूचना नआएको उनको भनाइ छ । ‘गौरीगञ्ज–१ मा चार घर विस्थापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने