जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा « Khabarhub

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता १७ देखि १८ असारसम्म हुनेछ।

जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गर्‍यो।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित बिदाइ गरे । नेपाली टिम मंगलबारनै भारतको असाम प्रस्थान गर्ने छ।

सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षणमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ०४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द