खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित « Khabarhub

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीकै कारण मंगलबार काठमाडौँबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।

सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगन्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । ‘सडक सञ्जलासँग नजोडिएको हवाई मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौँबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौँमा डिले भएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १७ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको