विभिन्न स्थानबाट हातहतियारसहित चार जना पक्राउ    « Khabarhub

विभिन्न स्थानबाट हातहतियारसहित चार जना पक्राउ   


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर, धादिङ र धनुषाबाट प्रहरीले विभिन्न हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट एक थान पेस्तोल र सोको दुई राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।  

धादिङको खनियाँबास गाउँपालिका–२ अक्थलीबाट म्याग्जिन सहितको एक थान पेस्तोल र एक थान खुकुरीसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका–२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५  वर्षीय अविनाश तामाङ रहेका छन् । उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई एक थान पेस्तोल र एक राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादको कारण अधिकारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ३० बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको