सभामुख सापकोटा अजरबैजान प्रस्थान  « Khabarhub

सभामुख सापकोटा अजरबैजान प्रस्थान 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६ देखि १८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्यर सभामुख सापकोटाका  स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

अजरबैजानमा हुने कार्यक्रममा  सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्हरूबिचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ । सो टोली १९ असारमा स्वदेश फर्किनेछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ५५ बजे

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१