हैजासम्बन्धी समस्या समाधान गर्न कामपाको २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा « Khabarhub

हैजासम्बन्धी समस्या समाधान गर्न कामपाको २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीससै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।  जनस्वास्थ्यसम्बन्धी जोखिम समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सेवा सञ्चालन गरेको हो ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन काठमाडौँ महानगरका मेयर बालेन शाहले जनाएका छन् ।  जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै मेयर शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न आग्रह गरेका छन् ।

यस्तै, काठमाडौँ उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताएका छन् । काठमाडौँका अरु ठाउँको नमुना परीक्षण भए पनि रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

डा. दासका अनुसार आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको थियो।  रिपोर्टअनुसार सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने खालका जीवाणु भेटिएका थिए। नैकाप, थानकोट र बल्खुको नमुना परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। ‘काठमाडौँ उपत्यकाका १५ प्रतिशत जारको पानी प्रदूषित भएको पाइएको उनले बताए ।  उता बुढानिलकण्ठ नगरपालिकाले सङ्कलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ।

राजधानीमा परीक्षण गरिएका नमुनामध्ये धेरैमा इकोलाई भेटिएकाले  हैजा फैलिने प्रबल सम्भावना रहेको डा. दासले बताए। आइतबारसम्म १२ जनामा हैजा प्रमाणित भइसकेको छ। तीमध्ये आठ जनाको उपचार भइसकेको छ भने चार जना उपचाररत छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल