काठमाडौँ विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम | Khabarhub Khabarhub

काठमाडौँ विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई यस वर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।

काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरूका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए ।

आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम भएको उनले जनाए ।

स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।

यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरूको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरूबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।

तर, प्रथम वर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरूलाई वैकल्पिक रूपमा पोस्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : २२ बजे

दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड

महिला लिग छनोट फुटबल बिहीबारदेखि

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा

म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट

यङ्गुन- संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्मारको सेना (जुन्ता) द्वारा सञ्चालित हिरासत

बालेन अवतारमा माड्साव, ‘सिंहदरबार जलाइदिन्छु, भरे राति स्टाटस लेखिदिन्छु’

काठमाडौं- वरिष्ठ हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गरिनेछ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट