थासाङमा ओखर खेती प्रवर्द्धन गरिँदै « Khabarhub

थासाङमा ओखर खेती प्रवर्द्धन गरिँदै


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवर्द्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो । किसानका लागि  उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एक पटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए ।

आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उनले जानकारी गराए। मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रु ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ ।

अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।

उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशसमेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमिनमा तारबारदेखि बाँझो जमिनमा खेती लगाउन सुरुआत गरिने अध्यक्ष गौचनले बताए । गाउँपालिकाले फलफूल र तरकारीका अलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवर्द्धनका कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारिक मल तथा परम्परागत घरायसी कीटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ थियो ।

गाउँपालिकाको पहिचानका रूपमा रहेको अन्नको भण्डार भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सबल बनाइने अध्यक्ष गौचनले  बताए । गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषिपछिको महत्त्वपूर्ण आर्थिक विकासको क्षेत्रका रूपमा विकास गर्ने भएको छ । यहाँ रहेका तालतलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको प्रवर्द्धनका लागि गाउँस्तरमै कार्यक्रम तयार गरिएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ३९ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा