नबिल एसएसईका २० जनालाई ‘इनेब्लर अफ सोसल इन्ट्रप्रेनरसीप’अवार्ड « Khabarhub

नबिल एसएसईका २० जनालाई ‘इनेब्लर अफ सोसल इन्ट्रप्रेनरसीप’अवार्ड


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसीप प्राप्त गरेका छन् ।

नबिल बैंकले असार ११ गते काठमाडौँमा आयोजना गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरूलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । २०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ । फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफीसप सञ्चालनलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् ।

हरेक महिना तीनदिने आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम  ६ महिनासम्म चल्ने जनाइएको छ । बाँकी ६ महिनाका लागि सबै सहभागीहरूलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसियल इन्ट्रप्रेनरसीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

नेपाल स्टार्टअप फेस्ट युवाहरुलाई उद्यमशीलता प्रवर्द्धन गर्न आयोजना गरिएको थियो । यस कार्यक्रममा नेपालमा उद्यमशीलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तिहरूबाट विभिन्न विषयहरूमा प्रेरणादायी वक्तव्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि दिलेन्द्रप्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल सरकारका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ४२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको