नबिल एसएसईका २० जनालाई ‘इनेब्लर अफ सोसल इन्ट्रप्रेनरसीप’अवार्ड « Khabarhub

नबिल एसएसईका २० जनालाई ‘इनेब्लर अफ सोसल इन्ट्रप्रेनरसीप’अवार्ड


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसीप प्राप्त गरेका छन् ।

नबिल बैंकले असार ११ गते काठमाडौँमा आयोजना गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरूलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । २०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ । फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफीसप सञ्चालनलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् ।

हरेक महिना तीनदिने आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम  ६ महिनासम्म चल्ने जनाइएको छ । बाँकी ६ महिनाका लागि सबै सहभागीहरूलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसियल इन्ट्रप्रेनरसीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

नेपाल स्टार्टअप फेस्ट युवाहरुलाई उद्यमशीलता प्रवर्द्धन गर्न आयोजना गरिएको थियो । यस कार्यक्रममा नेपालमा उद्यमशीलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तिहरूबाट विभिन्न विषयहरूमा प्रेरणादायी वक्तव्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि दिलेन्द्रप्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल सरकारका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ४२ बजे

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि