कम्युनिष्ट आन्दोलन धराशायी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव  « Khabarhub

कम्युनिष्ट आन्दोलन धराशायी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशायी बनेको बताएका छन् ।

काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए ।

आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए ।

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबिच एकता आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : १६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा