चामे गाउँपालिकाको बजेट ३१ करोड ३७ लाख | Khabarhub Khabarhub

चामे गाउँपालिकाको बजेट ३१ करोड ३७ लाख


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ ।

बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाले चालु खर्चतर्फ १० करोड १४ लाख ९७ हजार विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ रु २१ करोड २२ लाख ७७ हजार विनियोजन गरिएको छ । 

चालु खर्चमा सङ्घ सरकारबाट राजस्व बाँडफाँडतर्फ  रु चार करोड ३७ लाख ९९ हजार, सशर्त अनुदानतर्फ रु पाँच करोड ४४ लाख विनियोजन गरिएको छ । चालु खर्चमा प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ रु छ लाख ४८ हजार, गाउँपालिकाको आन्तरिक आयतर्फ  २६ लाख ५० हजार विनियोजन गरिएको छ । 

पुँजीगत खर्चमा सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ रु सात करोड १३ लाख, सशर्त अनुदानतर्फ रु दुई करोड ७० लाख, समपूरक अनुदान (विपद् व्यवस्थापन) तर्फ मर्स्याङ्दी नदी र ठाडो खोलामा (तटबन्ध) तर्फ रु एक करोड ७० लाख, अन्य अनुदानतर्फ रु दुई करोड ९६ लाख ५७ हजार विनियोजन गरिएको छ ।

सङ्घ सरकारकाले अन्य अनुदानको रुपमा मनाङको सदरमुकाम चामेमा बसपार्क निर्माण र उद्योगग्राम निर्माण गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ रु ४२ लाख ५७ हजार, विशेष अनुदानतर्फ रु ७० लाख, समपूरक अनुदानतर्फ रु ५० लाख विनियोजन गरिएको छ । प्रदेश सकारबाट विनियोजित विशेष अनुदानमार्फत लोकप्रिय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण र समपूरक अनुदानमार्फत थानचोक स्वास्थ्य चौकी निर्माण गरिनेछ । 

गतवर्ष मर्स्याङ्दी नदीमा आएको बाढीले उक्त विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएकाले मर्मतका लागि बजेट विनियोजन गरिएको हो । आन्तरिक आय (गत वर्षर्का मौज्दात) रु चार करोड ५० लाख ६३ हजार रहेको छ । गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले चामे बजारमा खानेपानी विस्तार र ढल निकास आयोजना साझेदारी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले चामेमा विद्युत् आयोजना निर्माण, स्यार्कु शीत भण्डार निर्माण, प्रकोप व्यवस्थापन तथा उद्धार कोष र कृषि, पशु क्षेत्रमा विकास तथा विस्तार लगायतका कार्यक्रम गाउँपालिकाले समेटेको बताए । 

आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिम, लघु उद्यम विकास कार्यक्रम, विद्युत् कुलोदेखि स्याउबारीसम्म तटबन्ध, बस्ती संरक्षण, कजिन सारा ताल पर्यटकीय भ्रमण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ३२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल