म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागूऔषध नष्ट | Khabarhub Khabarhub

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीको लागूऔषध नष्ट


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यांगुन- म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागूऔषध नष्ट गरिएको छ।लागूऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागूऔषध नष्ट गरेका हुन् । लागूऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागूऔषध नष्ट गरिएको हो । 

म्यामारमा मेथाम्फेटामाइन किर्तिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ।लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य सहर र उत्तरमा सान राज्यमा विविध समारोहबीच जलाएर नष्ट गरिएको अधिकारीहरू जनाएका छन् ।

राष्ट्रसंघका अनुसार म्यानमारको सान राज्य लागु औषध मेथका लागि दक्षिण पूर्वी एसियाको प्राथमिक स्रोत हो । विद्रोहीको केन्द्र मानिने उक्त राज्यमा बारम्बार हिंसा हुने गरेका छन् । तर, गत वर्ष म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि अपेक्षाकृत रूपमा त्यहाँ कम हिंसा भएको छ ।

लागूऔषध नष्टले‍ म्यानमारको अर्बौं डलर बराबरको लागूऔषध उद्योगको बारेमा ‘दशक लामो भ्रम’ को प्रतिनिधित्व गर्ने स्वतन्त्र विश्लेषक डेभिड म्याथिसन बताउँछन् । 

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : १४ बजे

वर्षायाममा पनि कालीगण्डकीमा अवैध दोहन

पर्वत– नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि

रोपाइँ पनि ठेक्कामा !

बागलुङ– काठेखोला गाउँपालिका– ७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

पर्सा- जिल्ला कारागार वीरगञ्ज पर्सामा एक जना चिकित्सकको दरबन्दी भए

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका