राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो « Khabarhub

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन्  । उनका अनुसार चालुतर्फ ४२ करोड ४२ लाख र पुँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ ।

नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दिगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवर्द्धनमार्फत गरिबी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए  ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा