देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली « Khabarhub

देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दाबी गरेका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलबार मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरेका छन् । अहिले माओवादी अध्यक्ष प्रचण्डले आफुलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उनले आपत्ती जनाए । उनले प्रचण्डको निर्देशनमा नै एमसीसीको चर्को विरोध भएको समेत उल्लेख गरे।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा सार्वजनिक भएको पत्र आफू प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र भएको हुनसक्ने र र यसमा आफूलाई मुछ्‌नका लागि टिपेक्स लगाएर, चलानी नम्बर फेरेर पत्र बाहिर ल्याइएको तर्क गरे । उनले एसपीपीका विषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराए ।

उनले गठबन्धनमा एमसीसी ठिक छ भन्नेहरू नै एसपीपीको पक्षमा लागेको भन्दै अर्को जाल दिएर एसपीजीमा सामेल हुने सम्भावना कायमै रहेको जिकिर गरे । ओलीले गठबन्धनले राष्ट्रियतामाथि चरम खेलबाड गरेको आरोप लगाए ।कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रभा चालिसेलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ५६ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि