देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली « Khabarhub

देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दाबी गरेका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलबार मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरेका छन् । अहिले माओवादी अध्यक्ष प्रचण्डले आफुलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उनले आपत्ती जनाए । उनले प्रचण्डको निर्देशनमा नै एमसीसीको चर्को विरोध भएको समेत उल्लेख गरे।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा सार्वजनिक भएको पत्र आफू प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र भएको हुनसक्ने र र यसमा आफूलाई मुछ्‌नका लागि टिपेक्स लगाएर, चलानी नम्बर फेरेर पत्र बाहिर ल्याइएको तर्क गरे । उनले एसपीपीका विषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराए ।

उनले गठबन्धनमा एमसीसी ठिक छ भन्नेहरू नै एसपीपीको पक्षमा लागेको भन्दै अर्को जाल दिएर एसपीजीमा सामेल हुने सम्भावना कायमै रहेको जिकिर गरे । ओलीले गठबन्धनले राष्ट्रियतामाथि चरम खेलबाड गरेको आरोप लगाए ।कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रभा चालिसेलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ५६ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७