प्रदेश नं १ प्रदेशसभाको मन्त्रालयगत छलफल सकियो « Khabarhub

प्रदेश नं १ प्रदेशसभाको मन्त्रालयगत छलफल सकियो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ । 

बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले सुनसरीको मोरङ औद्योगिक करिडोरका उद्यमीको माग सम्बोधन गर्न सदनको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य ज्योति सुब्बाले दुहवी–इनरुवा सडक चार लेनको निर्माण गरी त्यस क्षेत्रमा उद्यमीलाई आकर्षित गर्नुपर्ने बताए ।

यस्तै प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले बजेट विनियोजनमा महिला सदस्यलाई अपहेलना गरेको गुनासो गरे। प्रदेशसभा सदस्य पूर्णप्रसाद राई याम्फुले सङ्खुवासभामा तामा र ढुङ्गाखानीको आवश्यक अन्वेषण र उत्खनन गर्न सुझाव दिए ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले प्रदेशका पर्यटन क्षेत्रका महत्वपूर्ण गन्तव्य सूची तयार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सुझाव दिए । प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले मुलुकको दिगो एवं ठोस विकासको आधार पर्यटन भएकाले  यसमा आवश्यक  योजना र बजेट नआएको चर्चा गरे । प्रदेशसभा सदस्यहरू रामबहादुर मगर, लछुमन तिवारी, लिला सुब्बा र सर्वध्वज साँवाले विभिन्न विषयमा सम्बन्धित मन्त्री तथा सदनको ध्यानाकर्षण गराए । 

उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको अर्को बैठक असार १५ गते बिहान ११ः३० बजे बस्ने सदनलाई जानकारी गराए । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ३७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल