बुढीगण्डकीको निर्णयलाई उर्जामन्त्री भुसालले किन भनिन् ऐतिहासिक ? « Khabarhub

बुढीगण्डकीको निर्णयलाई उर्जामन्त्री भुसालले किन भनिन् ऐतिहासिक ?


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बुढागण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउन कम्पनी खोल्ने सरकारको निर्णयलाई ऊर्जामन्त्री पम्पा भुसालले ऐतिहासिक भनेकी छन् । मन्त्रिपरिषद् बैठकपछि बाहिर प्रधानमन्त्री देउवासहित सामूहिक फोटो पोस्ट गर्दै मन्त्री भुसालले मंगलबारको बैठकलाई ऐतिहासिक भनेकी हुन् ।

बुढागण्डकीको विषय यसअघि पनि पटक पटक विवादित हुँदै आएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले कम्पनी खोलेर बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । यसले नागरिकको समेत लगानी हुने गरि कम्पनीबाट काम गर्दा सहज हुने अनुमान छ ।

यसअघि बुढीगण्डकी भारतीय र चिनियाँ लगानीबाट प्रभावित हुँदै बिथोलिएको थियो । तर यसपटक आफ्नै प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि ऊर्जामन्त्री भुसालले यसलाई ऐतिहासिक भनेकी हुन् । उसो त पछिल्लो समय माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्री फेर्ने चर्चा पनि छ । नेकपा समाजवादीपछि माओवादीका मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै मन्त्री फेर्न माओवादी अध्यक्ष प्रचण्डलाई दबाब छ ।

सोही कारण पनि उनले मंगलबारको बैठकलाई ऐतिहासिक भनेको लख काट्न सकिन्छ । यद्यपी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि बुढीगण्डकीका विषयमा गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ, त्यसैमा ऊर्जामन्त्री भुसालको ऐतिहासिक शब्दले सार्थकता पाउनेछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ५३ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७