बुढीगण्डकीको निर्णयलाई उर्जामन्त्री भुसालले किन भनिन् ऐतिहासिक ? « Khabarhub

बुढीगण्डकीको निर्णयलाई उर्जामन्त्री भुसालले किन भनिन् ऐतिहासिक ?


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बुढागण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउन कम्पनी खोल्ने सरकारको निर्णयलाई ऊर्जामन्त्री पम्पा भुसालले ऐतिहासिक भनेकी छन् । मन्त्रिपरिषद् बैठकपछि बाहिर प्रधानमन्त्री देउवासहित सामूहिक फोटो पोस्ट गर्दै मन्त्री भुसालले मंगलबारको बैठकलाई ऐतिहासिक भनेकी हुन् ।

बुढागण्डकीको विषय यसअघि पनि पटक पटक विवादित हुँदै आएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले कम्पनी खोलेर बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । यसले नागरिकको समेत लगानी हुने गरि कम्पनीबाट काम गर्दा सहज हुने अनुमान छ ।

यसअघि बुढीगण्डकी भारतीय र चिनियाँ लगानीबाट प्रभावित हुँदै बिथोलिएको थियो । तर यसपटक आफ्नै प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि ऊर्जामन्त्री भुसालले यसलाई ऐतिहासिक भनेकी हुन् । उसो त पछिल्लो समय माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्री फेर्ने चर्चा पनि छ । नेकपा समाजवादीपछि माओवादीका मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै मन्त्री फेर्न माओवादी अध्यक्ष प्रचण्डलाई दबाब छ ।

सोही कारण पनि उनले मंगलबारको बैठकलाई ऐतिहासिक भनेको लख काट्न सकिन्छ । यद्यपी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि बुढीगण्डकीका विषयमा गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ, त्यसैमा ऊर्जामन्त्री भुसालको ऐतिहासिक शब्दले सार्थकता पाउनेछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ५३ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई