प्रशोधित पानी मात्रै प्रयोग गर्न बोतल संघको आग्रह « Khabarhub

प्रशोधित पानी मात्रै प्रयोग गर्न बोतल संघको आग्रह


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल बोतल वाटर उद्योग सङ्घले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले उद्योगबाट बजारमा बिक्री वितरणका लागि ल्याएको पानीमा खाद्य अनुज्ञापत्र चेकजाँच गरी प्रशोधित पानीमात्र प्रयोग गर्न आग्रह गरेका हुन् । सङ्घले नेपालभर सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा पिउने पानी बिक्री वितरण गरेको भन्दै आम उपभोक्तालाई सोही पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले गुणस्तर नियन्त्रण विभागको निर्देशिका विपरीत कसैले पानी बिक्री वितरण गरेको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ । रासस

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ०३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल