विश्व इतिहासमा आज : पहिलो विश्वयुद्धको सुरुवातदेखि बेलायत आँधीसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो विश्वयुद्धको सुरुवातदेखि बेलायत आँधीसम्म


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १२ गते बिहीबार । सन् २०२२ को जुलाई २८ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००५ जुलाई २८ मा आइरिश रिपब्लिकन आर्मी आईआरए नामक आइरिश सशस्त्र बलले सशस्त्र अभियानको अन्त्य गरेको घोषणा गरेको थियो । आईआरएले बेलायतको अधीनमा रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्ड गणतन्त्रमा गाभ्न बनाउन ३६ वर्ष देखि जारी सशस्त्र अभियानको अन्त्य गरेको थियो ।

सन् २००५ जुलाई २८ मा बेलायतले आँधीका कारण इतिहासकै सबैभन्दा ठूलो क्षति व्यहोरेको थियो । बेलायतको बर्मिङ्घममा आएको सो आँधीका कारण ४० मिलियन स्टर्लिङ पाउन्डको क्षति भएको थियो ।

सन् १९९६ जुलाई २८ मा वासिङ्टनस्थित केनविकमा प्रागैतिहासिक पुरुषको अंशहरु भेटिएको थियो ।

सन् १९९० जुलाई २८ मा अमेरिकाको सिकागोको विद्युतीय सब–स्टेसनमा भएको आगलागीका कारण लोडसेडिङ भएको थियो । यसकारण करिब ४० हजार मानिस ३ दिन सम्म विद्युत बिना बस्न बाध्य भएका थिए ।

सन् १९६५ जुलाई २८ मा अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले भियतनाम युद्धका दौरान दक्षिण भियतनाममा थप ५० हजार सेना तैनाथ गरेका थिए ।

सन् १९४५ जुलाई २८ मा न्यू योर्क सहरस्थित एम्पायर स्टेट बिल्डिङमा संयुक्त राज्य अमेरिकाको सैन्य विमान बी–२५ बम्बर दुर्घटना भएको थियो । बाक्लो तुवालोका कारण सो दुर्घटना भएको थियो ।

सन् १९२९ जुलाई २८ मा अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीको श्रीमती ज्याकलिन बोभियर केनेडी ओनासिसको जन्म भएको थियो ।

सन् १९२८ जुलाई २८ मा नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन भएको थियो । सो ओलम्पिकमा संयुक्त राज्य अमेरिकाले सबैभन्दा धेरै पदक जितेको थियो ।

सन् १९१४ जुलाई २८ मा अष्ट्रिया–हङ्गेरीले सर्बियामाथि युद्धको आह्वान गर्दै पहिलो विश्वयुद्धको सुरुवात गरेको थियो ।

सन् १८६८ जुलाई २८ मा संयुक्त राष्ट्र अमेरिकाको संविधानको १४ औँ संशोधन अन्तर्गत अमेरिकामा जन्मेका सबै नागरिकलाई नागरिकता दिने प्रावधान राखिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : ०२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति