पहिराले डुम्रे–बेँसीसहर सडक गए रातिदेखि अवरुद्ध | Khabarhub Khabarhub

पहिराले डुम्रे–बेँसीसहर सडक गए रातिदेखि अवरुद्ध


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ । सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उनले बताए । रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरा खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो ।

सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरुपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् ।

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुँदै आएको छ । त्यस्तै, उक्त सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । उनीहरुलाई समेत समस्या उत्पन्न भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : २५ बजे

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी