राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक पारित गरिँदै « Khabarhub

राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक पारित गरिँदै


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ टेबुल गर्ने र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउनेछन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित शपथसम्बन्धी विधेयक, २०७८ छलफल र पारितका लागि प्रस्तुस्त गर्ने कार्यसूची छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महोम्मद इस्तियाक राईले ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि परेका संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले जेष्ठ ‘नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ माथि परेका संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस् कार्यसूची

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन