अमेरिकामा तयार ‘रातो साडी लाउनी हो’ सार्वजनिक (भिडियोसहित) « Khabarhub

अमेरिकामा तयार ‘रातो साडी लाउनी हो’ सार्वजनिक (भिडियोसहित)


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाइलीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो साडी लाउनी हो’ श्रोतामाझ ल्याएकी छन् ।

यो गीतको भिडियो पनि अडियो झैँ अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन सहरमा यो गीतको भिडियो तयार गरेका हुन् ।

गीतको भिडियोलाई सम्राट् क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको छ। त्यहाँका विभिन्न सहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य गीतमा रहेको छ। यो गीतलाई समुन कार्कीले लेखेका हुन्। जसमा संगीत सन्तोष श्रेष्ठको रहेको छ।

गीतको बाजा र रेकर्डिङ यहीँ भए पनि आफ्नो स्वर अमेरिकाबाटै रेकर्ड गरेर नेपाल पठाई तयार गरेको गायिका मञ्जुले बताइन् । यो तीज गीतमा मन्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन् ।

नजिकिँदै गरेको तिजलाई लक्षित गरेर आफूहरूले अमेरिकाबाट पनि नेपाली गीत संगीत तथा कला संस्कृतिको प्रवर्धन गर्न सक्छौँ भनेर यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेको निर्देशक सुमन दाहालले बताए ।

ल्याक्सिनटन मात्र नभएर त्यहाँका विभिन्न राज्यबाट नेपाली महिलाहरु भेला भएर यो तीज गीतमा नाच्दै छायाङ्कन गरिएको पनि निर्देशक दाहालले बताए । सुरेश राउतको सम्पादन रहेको यो तीज गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : ४३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र