अमेरिकामा तयार 'रातो साडी लाउनी हो' सार्वजनिक (भिडियोसहित) | Khabarhub Khabarhub

अमेरिकामा तयार ‘रातो साडी लाउनी हो’ सार्वजनिक (भिडियोसहित)


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाइलीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो साडी लाउनी हो’ श्रोतामाझ ल्याएकी छन् ।

यो गीतको भिडियो पनि अडियो झैँ अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन सहरमा यो गीतको भिडियो तयार गरेका हुन् ।

गीतको भिडियोलाई सम्राट् क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको छ। त्यहाँका विभिन्न सहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य गीतमा रहेको छ। यो गीतलाई समुन कार्कीले लेखेका हुन्। जसमा संगीत सन्तोष श्रेष्ठको रहेको छ।

गीतको बाजा र रेकर्डिङ यहीँ भए पनि आफ्नो स्वर अमेरिकाबाटै रेकर्ड गरेर नेपाल पठाई तयार गरेको गायिका मञ्जुले बताइन् । यो तीज गीतमा मन्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन् ।

नजिकिँदै गरेको तिजलाई लक्षित गरेर आफूहरूले अमेरिकाबाट पनि नेपाली गीत संगीत तथा कला संस्कृतिको प्रवर्धन गर्न सक्छौँ भनेर यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेको निर्देशक सुमन दाहालले बताए ।

ल्याक्सिनटन मात्र नभएर त्यहाँका विभिन्न राज्यबाट नेपाली महिलाहरु भेला भएर यो तीज गीतमा नाच्दै छायाङ्कन गरिएको पनि निर्देशक दाहालले बताए । सुरेश राउतको सम्पादन रहेको यो तीज गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : ४३ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो