वीरगन्ज नाकाबाट बढ्यो ५० प्रतिशत निर्यात  « Khabarhub

वीरगन्ज नाकाबाट बढ्यो ५० प्रतिशत निर्यात 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७-७८ को तुलनामा २०७८-८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा रु ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत रु २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ४९ दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले अघिल्लो आवको तुलनामा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए ।

भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानको दायरालाई अझै फराकिलो बनाए निर्यात प्रवर्द्धनमा मद्दत पुग्ने उद्योगपति व्यवसायीको भनाइ थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ४३ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली