जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बझाङबाट १६ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बझाङबाट १६ जना पक्राउ


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दीप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने विष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दीपक खड्का समेत ११ जना छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ५२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल